एशियन लाईफको सत्रौं वार्षिकोत्सवमा रकम सहयोग देखी रक्तदानसम्म


काठमाडौं
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सत्रौंं वर्ष पूरा गरी अठारौंं वर्षमा प्रवेश गरेको छ । अठारौंं वर्ष प्रवेशको उपलक्ष्यमा गत चैत्र १५ गतेदेखि २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७४ जनाले रक्तदान गरेका छन् ।
वार्षिकोत्सवका अवसरमा चैत्र १८ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । साथै देशभरका विभिन्न ८६ वटा शाखा,उपशाखा कार्यालयमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत रु. १० लाख बराबरको सहयोग उपलब्ध गराइएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पु¥याउँदै आउनुभएका सम्पूर्ण शुभेच्छुकमा आभार व्यक्त गरेका गर्नुभएको थियो । उहाँले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागि कम्पनी प्रतिबद्ध रहेको बताउनु भयो ।
कम्पनीको चालू आ.व. २०८१÷८२ को फागुनसम्ममा जीवन बीमाकोष रु ४४ अर्ब ६८ करोड र कूल बीमाशुल्क रु ५७ अर्ब १८ करोड रहेको छ । कूल लगानी रु ४९ अर्ब ३० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु ५ अर्ब ६९ करोड आर्जन गरेको छ । कम्पनीको १६ लाख ४२ हजार सक्रिय बीमालेख छन् । कम्पनीको चुक्ता पूँजी रु ३ अर्ब ३९ करोड ९८ लाख रहेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।