राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिंदै



काठमाडौं ।

गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका माथी मुद्धा चलाइने भएको छ ।शुक्रबार राती पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो ।


राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले केहीबेरमा म्याद थपका लागि अदालत लगिदैँछ  । मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राती पक्राउ परेका थिइ भने कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन ।

जो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर काठमाडौं परिसरको जिम्मा लगाएको थियो।


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।