काठमाडौं ।
शीर्ष तीन दलका नेताहरूको बैठकले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा सहमति भएको छ । सोमबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको बैठकमा सहभागी एमाले नेता अग्निप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि सिफारिस गर्ने समिति बनाउने निर्णय गरेको हो । नेता खरेलले नेपाल सरकारले गठन गर्ने दुवै आयोगको नियुक्ति प्रक्रियाका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा (३) बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि सिफारिस समिति, सहज कमिटी गठन गर्ने प्रक्रिया अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको छ । अब गठन प्रक्रिया अगाडि बढ्ने भएको छ ।’ यसअघि संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्क हुन नसक्दा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन नसकेको गुनासो गर्नुभएको थियो ।
सोमबारको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी थिए । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा समेत छलफल भएको बताइएको छ । गणतन्त्रमाथि हमला हुन थाल्यो भने गणतन्त्रवादीहरू एक ठाउँमा उभिएर अघि बढ्ने विषयमा बैठकमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया