सुनको मूल्यमा थप गिरावट, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं ।

नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।