काठमाडौं।
अस्कल क्याम्पसमा राजतन्त्र पक्षधरले जम्मा ७३ मत प्राप्त गरेको छ ।
अस्कल क्याम्पसको स्ववियु निर्वाचनमा समानुपातिक मत परिणाम अनुसार राजतन्त्र पक्षधर मानिएको राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी संघले जम्मा ७३ मत प्राप्त गरेको हो ।
गणतन्त्रबादी बिधार्थी संगठनले १२०६ मत प्राप्त गर्दा राजावादी भने ७३ मतमा सिमित भएको बिधार्थी नेता एेन महरले जनाएका छन् । जसअनुसार एमाले निकट अनेरास्ववियुले सबैभन्दा बढी ६७२, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले २७४ र नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संगठनले २६० मत प्राप्त गरेको छ ।
यहाँ एमाले निकट अखिलले बिजय हासिल गरेको थियाे । अस्कल क्याम्पसमा अध्यक्षमा रुद्रहरी पोखरेल तथा सचिव गोपाल शाही सहित अखिलको पुरै प्यानल दोब्बर मतले बिजयी भएका छन् ।
प्रतिक्रिया