नवलपरासी ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) बिहिबारबाट सुरु भएकाे छ ।
एसइइ २०८१ को पहिलो दिन जिल्लाभर शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।
परीक्षामा कुल ३३ जना परीक्षार्थी अनुपस्थित रहेको इकाई प्रमुख दीपेन्द्रराज श्रेष्ठले बताए । अनुपस्थित मध्ये ११ छात्रा तथा २२ जना छात्र रहेकाछन् । जसमा खुला तर्फका १४ परीक्षार्थी अनुपस्थित रहेको बताइएको छ ।
यस वर्ष नवलपरासी पूर्वमा नियमित तर्फ ५ हजार ८ सय २६ तथा ग्रेड बृद्धिका ६ सय ५६ गरि ६ हजार ४ सय ८२ बिद्यार्थीले एसईई परीक्षाका लागि आवेदन भरेका थिए ।
प्रतिक्रिया