ओमोडा एन्ड जेइको गाडीमा विशेष अफर


काठमाडौं ।

एसपिजि अटोमोबाइल्स प्रालिले नेपालमा ‘ओमोडा एन्ड जेइको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका निर्देशक गौरव शारडा, शारडा ग्रुपका निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दको उपस्थिति रहेको थियो ।
कम्पनीले सन् २०२५ मा प्रिमियम र लामो दुरीको विद्युतीय एसयुभिको लाइनअपमा, जेइको जे–फाइभ र जेइको भि–ट्वेन्टि–थ्रिलाई नेपालमा सार्वजनिक गर्ने भएको छ ।

साथै वार्षिकोत्सवका अवसरमा कम्पनीले विशेष अफर पनि घोषणा गरेको छ । अफर ५५ लाख ९९ हजारबाट सुरू हुने ओमोडा एन्ड जेइको सवारी साधनहरू, ५ लाख १५ हजारसम्मका विभिन्न फाइदा, १ वर्षको निःशुल्क बीमा र निःशुल्क ७ किलोवाटको चार्जर समावेश छन् । साथै, ग्राहकहरूले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको लामो वारेन्टी र एक वर्षको निःशुल्क सडक करबाट लाभ उठाउन सक्नेछन् ।

२०२४ को फेब्रुअरीमा नेपाली बजारमा सार्वजनिक भएदेखि ओमोडा एन्ड जेइकोले बजारमा ८०० भन्दा बढी युनिट विक्री भएको छ । हाल एसपिजि अटोमोबाइल्सले ४३० किलोमिटर रेन्ज दिने ओमोडा इ–फाइभ र ४०० किलोमिटर रेन्ज दिने जेइको जे–सिक्स अफरोड एसयुभिको गाडी बिक्री गर्दै आएको छ ।