बजेटमा पर्यटनलाई प्राथमिकता दिन आग्रह


काठमाडौं ।


आगामी आर्थिक वर्षको बजेटमा विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाको महत्वपूर्ण स्रोत भएकाले पर्यटन उद्योगलाई प्राथमिकतामा राख्न नेपाल उद्योग परिसंघ (सीएनआई) को सुझाव छ ।

परिसंघद्वारा आयोजित पूर्वबजेटसम्बन्धी छलफलमा निजी क्षेत्रबाट पर्यटन उद्योगमा खर्बौं लगानी भएको तथा सरकारले पनि विमानस्थल, सडकजस्ता पूर्वाधारमा अर्बौं खर्च गरे पनि प्रभावकारी नीति नबन्दा अपेक्षित लाभ लिन नसकिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको गुनासो थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रत्येक परिवारले वार्षिक एक लाख रुपियाँसम्म भ्रमण खर्च करयोग्य आयबाट कट्टी गर्न पाउने व्यवस्था गर्न अध्यक्ष अग्रवालको सुझाव छ ।