काठमाडौं ।
काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको घाइते भएका थिए ।
दुर्घटना लगत्तै गम्भीर घाइते भएका रमेश र सुकरामलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ ।
आज बिहान काठमाडौँ ३२ तीनकुनेस्थित गौरीगाउँ पेट्रोल पम्प अगाडि दुर्घटना भएको हो। टिपरले एकिन विवरण नखुलेको प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो।
प्रहरीले मोटरसाइकललाई ठक्कर दिने टिपरलाई विमानस्थल कार्गोभित्र फेला पारेर नियन्त्रणमा लिएको छ। चालक फरार भए पनि प्रहरीले टिपरको मालिकसँग सम्पर्क भइसकेको जानकारी गराएको छ।
प्रतिक्रिया