साओमी १५ अल्ट्रा नेपालमा लन्च


काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर साओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । साओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ ।

यसमा समावेश रहेको लाईका १–इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ । त्यस्तै, स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको छ । यसमा शिल्ड ग्लास २.० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ ।

यसमा ५४१० एमएएच साओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ । साओमी नेपालले फागुन २५ देखि चैत २ सम्म साओमी १५ अल्ट्राको प्रि–बुकिङ खुला गरेको छ । उक्त प्रि–बुकिङमा ग्राहकहरूले ९ हजार ९९९ मूल्य बराबरको साओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गर्नेछ ।


साओमी १५ अल्ट्रा स्मार्टफोनमा १६ जीबी प्लस ५१२ जिबी भेरियन्टमा उपलब्ध साओमी १५ अल्ट्राको सुरुवाती अफर मूल्य १ लाख ४९ हजार ९९९ (वास्तविक मूल्य १ लाख ६९ हजार ९९९ रुपियाँ) रहेको छ । यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू र साओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।