काठमाडौं ।
सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान डेक्सटप कम्प्युटर सहयोग गरेको छ । बैंकका शाखा म्यानेजर मिगलसिंह ठकुरीले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेलाई कम्युटर हस्तान्तरण गर्नुभएको हो ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरेको हो । प्रतिष्ठानको सूचना प्रविधिलाई बलियो बनाउन र मेडिकल रेकर्ड प्रणालीलाई चुस्त राख्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्य लिइएको छ ।
प्रतिक्रिया