हामीलाई सबै प्रकारका मानिसको महत्त्वका बारेमा थाहा छ ।
बस चालकले गाडी हाँक्छन् भन्ने कुराको महत्त्व थाहा छ । यसरी नै के कहिल्यै गुरुको महत्त्वका बारेमा सोच्यौँ ? हाम्रो जीवनमा गुरुको महत्त्व के छ भने उहाँले हाम्रो अँध्यारो स्थानमा प्रकाश छरिदिनुहुन्छ । प्रश्न उठ्छ, यो कसरी सम्भव हुन्छ ! यदि गुरुले दियो बाल्नुभयो तर हामीले त्यसलाई निभाउन थाल्यौँ भने संसारमा उज्यालो सम्भव हुँदैन ।
गुरुले दियो बालिदिनुभयो भने त्यसलाई निभ्न नदिने कुराको जिम्मेवारीलाई हामीले बहन गर्नुपर्छ । प्रायः हामी यो जिम्मेवारीलाई बुझ्न सकिरहेका हुँदैनौँ । यसलाई गुरुमाथि थोपरिदिन्छौँ, ‘तपाईँले नै सबैथोक गरिदिनुहोस् ।’ गुरुले डुङ्गा ल्याउनुभयो, त्यसमा बसाउनुभयो भने हामीले त्यहाँबाट हाम फाल्नुहुँदैन भन्ने कुराचाहिँ हाम्रो जिम्मेवारी हो । यदि हाम फालिरहन्छौँ भने डुबिरहन्छौँ नै । म डुब्न चाहन्न भन्ने लाग्छ भने त्यही डुङ्गामा बसिरहनुपर्छ ।
यो हामीले बुझ्नुपर्ने कुरा हो । हिजोआज मानिसले आपूmलाई एउटा फरक प्रकृतिको प्राणीका रूपमा सोच्न थालेका छन्, किनभने अहिले हामीसँग पहिला नभएका थुप्रै प्रविधि तथा उपकरणहरू छन् ।
अहिले आफ्नो जिम्मेवारी फेरिएको छ भन्ने ठान्छ । हामीसँग भएको मोबाइललाई हामी एकदमै अद्भुत प्रविधि मान्छौँ । तर, के तपाईँले कहिल्यै सोच्नुभएको छ, यो प्रविधि कसले बनाएको हो ? ती कम्पनीहरूको उद्देश्य मानव कल्याण नभएर नाफा कमाउनु नै हो । ती कम्पनीले हामीलाई सुविधा त दिन्छन् तर बदलामा हामीबाट पैसा असुल्छन् ।
पैसै नभएको सिमकार्ड छ भने तपाईँको मोबाइलको कुनै कामै छैन । यसमा पटक–पटक पैसा हाल्नुपर्छ । हिजोआज हाम्रो स्थिति नै कस्तोसम्म भयो भने हामी फोनको ब्याट्रीका लागि चिन्तित हुन्छौँ । हामी सधैँ हाम्रो मोबाइलमा कति चार्ज छ भनेर हेरिरहेका हुन्छौँ । मोबाइललाई बढी उपयोग गर्नेहरूले ब्याट्री सकिनासाथ चार्ज गर्न पाइयोस् भनेर आफ्नो साथमा एउटा ब्याट्री लिएर हिँड्छन् ।
मोबाइल किन्नुको मुख्य लक्ष्य त्यसले तपाईँको चिन्ता हटाओस्् भन्ने हो । यस विपरीत त्यसलाई किनेपछि तपाईँमाथि त्यसको पनि चिन्ता थपिन्छ । के म मोबाइलको चार्ज नसकिँदै समयमै पुग्न सक्छु भन्ने चिन्ताले सताउँछ । हामी यसरी नै बिहानदेखि साँझसम्म अनि साँझदेखि बिहानसम्म चिन्तामा डुबिरहन्छौँ । आजको मानिस चिन्तामा डुबेको छ । त्यो चिन्ताबाट आपूmलाई बचाउनका लागि उसले प्रयोग गरिरहेको प्रविधिले उसमा अभैm थप चिन्ता बढाइरहेको छ । चिन्तामा डुबेको मानिसले कसरी आनन्दको अनुभव गर्न सक्छ ?
हामी सबै जीवनमा आनन्दको खोजीमा छौँ तर जबसम्म हामी चिन्तामा डुबिरहन्छौँ नि तबसम्म साँचो आनन्दलाई अनुभव गर्न सक्दैनौँ ।यो दुनियाँमा बहस भइरहेका कैयन् कुराहरू हुन्छन् । सन्त महात्माहरूले सबै कुरा लेखिदिएका छन् । उनीहरूले कुनै कुरा बाँकी नराखी सबै लेखिदिएका छन् । लेख्न बाँकी नयाँ कुरा नै छैन ।
आत्मज्ञानविना भौँतारिन्छ मानिस, कहिले मथुरा कहिले काशी
मृगको नाभीमै छ कस्तूरी, भौँतारिन्छ वन–वनमा भई उदासी ।
यो कति राम्रो कुरा हो ! यति राम्रो कुरा मानिसको जीवनमा किन स्थायी रूपमा रहँदैन ! मानिसले किन यस कुरालाई आफ्नो व्यवहारमा उतार्दैन ! ऋषिमुनि, वेदव्यास आदिले किन यस्ता कुराहरू लेखे ! लेखिएका विषयमा आजका मानिसहरू के गरिरहेका छन् ! त्यसलाई रटिरहेका छन् । धेरै घोक्न सक्नेलाई ठूलो विद्वान् मानिन्छ । पूरै पुस्तकै याद गरेका कारण जीवन सफल हुने होइन ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँभित्र बसेका उनीसँग नाता गाँस्नुहोस् अनि आफ्नो जीवनलाई सफल तुल्याउनुहोस् । जीवन सफल पार्नुको अर्थ नै यही हो । जीवनमा सबैभन्दा आवश्यक कुरा अनुभव हो । अनुभवविना सबै कुराहरू अपूरा हुन्छन् । हामीले खोजिरहेको चीजलाई आफ्नो मन–बुद्धिले बुझ्ने कोशिश गर्दर्छाैँ ।
त्यो चीजलाई मन या विचारद्वारा बुझ्न सकिँदैन । किनभने, त्यो अनुभव गर्ने कुरा हो । सृष्टिकर्ताले मानिसलाई ‘अनुभव’ गर्ने सबैभन्दा उत्कृष्ट गुण दिएका छन् । मानिसलाई अनुभव भएपछि प्रश्नको सहारा लिन आवश्यक हुँदैन । उसका सबै प्रश्नहरू सकिन्छन् । त्यसपछि कुरा स्पष्ट हुन्छ । तपाईँको जीवनमा पनि त्यो कुरा स्पष्ट हुनुपर्दछ । यदि तपाईँमा प्रश्न छन् तर उत्तर छैन भने तपाईँले कुनै चीजलाई प्राप्त गर्नुभएको छैन ।
त्यो चीज प्राप्त भएपछि त्यस दिन तपाईँका सबै प्रश्नहरू केही नगरी उत्तरमा परिणत हुनेछन् । जस्तै– तपाईँलाई भोक लागेपछि तपाईँले केही खानेकुरा छ ? भनेर सोध्दा मैले खानेकुराका बारेमा भन्न थालेँ भने तपाईँको मुखमा पानी त अवश्य आउला तर तपाईँको भोक कदापि मेटिँदैन । भोक त केही खाएपछि मात्रै मेटिनेछ । त्यसै गरी जुन तपाईँभित्रको शान्ति छ त्यो परिभाषाको विषय होइन । शान्ति त अनुभूत गर्ने कुरा हो । त्यसलाई अनुभव गर्नु आवश्यक हुन्छ । मानिसले आफ्नो जीवनमा शान्तिको अनुभव नगरेसम्म उसका लागि हरेक चीज अधुरो रहनेछ ।
एउटा कथा छ । एकजना मानिस थिए । उनलाई सुगा पाल्ने एकदमै धेरै सोख थियो । उनले तीनवटा स–साना सुगाका बच्चा (चल्ला) किनेर ल्याए । बाल्यावस्थादेखि नै ती सुगालाई उनले सबै कुरा सिकाउने कोशिश गरे । शास्त्र सिकाए, गणित पढाए, विज्ञानमा सबै कुरा सिकाए । राम्रा–राम्रा कुराहरू सिकाए । ती सुगा ठूला भएपछि सबै कुराहरू बताउन थाले । कसैले विज्ञानका कुरा गर्न थाले, कसैले गणितका कुरामा चर्चा गर्थे त कसैले शास्त्रका कुरा भन्न थाले ।
ती सुगा महाज्ञानी बने । एकदिन ती सुगाका मालिकको मृत्यु भयो । उनका आफन्तहरू भेला भए । उनको अन्तिम संस्कारपश्चात् ती सुगालाई कहाँ राख्ने भनेर आफन्तहरूले छलफल गरे । हेरचाह कसले गर्ने ? निकै सोच–विचार गरेपछि उनीहरूले ती सुगालाई स्वतन्त्र छोडिदिने निर्णय गरे । उनीहरूले पिँजडाको ढोको खोलिदिए । ती सुगा पहिलोपटक पिँजडाबाट बाहिर निस्किए । तिनीहरूलाई अब के गर्ने भन्ने अन्योल भयो । तिनीहरू गएर एउटा रुखमा बसे । यताउता हेरे अनि फेरि ज्ञानका विषयमा चर्चा–परिचर्चा गर्न थाले ।
त्यो रुखमा एउटा जङ्गली सुगा पहिल्यै आएर बसेको थियो । ती तीनवटैलाई देखेपछि उसले सोध्यो, ‘साथीहरू, तपाईँहरू को हुनुहुन्छ ?’ तिनीहरूले भने– ‘हजुर, हामी विद्वान् हौँ । केही सोध्न चाहनुहुन्छ भने सोध्नुहोस् । हामीलाई सबै कुराको ज्ञान छ ।’
जङ्गली सुगा एकदमै अचम्मित भयो । उसलाई त केही कुराका बारेमा ज्ञान थिएन, के सोध्थ्यो र ! ऊ चुपचाप बस्यो । केही बेरपछि अचानक जङ्गली सुगाको नजर रुखको फेदतिर पुग्यो । उसले देख्यो, एउटा बिरालो फेदबाट माथितिर त्यही रुखमा चढिरहेको छ ।
जङ्गली सुगाले ती तीनवटैसँग सोध्यो, ‘के तपाईँहरूलाई उड्ने ज्ञान पनि छ ?’
तिनीहरूले भने, ‘उड्ने ज्ञान ? हामीलाई उडान कसरी भर्ने भन्ने ज्ञान छ । तर, हामी कहिल्यै आफ्नो जीवनमा उडेका छैनौँ । कसरी उड्नुपर्छ त्यसका बारेमा हामीलाई ज्ञान छ । हामीसँग सोध्नुहोस्, ‘गणितमा कुन सूत्र हुन्छ ? हामी तपाईँलाई बताउनका लागि तयार छौँ– कहिलेदेखि उडान भरिएको हो । राइट ब्रदर्स (दाजुभाइ) का बारेमा सोध्नुहोस् । उनीहरूले सबैभन्दा पहिला हवाईजहाज बनाए । ती सबै कुरा हामीलाई थाहा छ ।’
त्यो सुगाले फेरि भन्यो, ‘यी सबै कुराका बारेमा मैले सोधिरहेको होइन । म त के सोध्दै छु भने, तपाईँहरूलाई उड्न आउँछ कि आउँदैन ?’
तिनीहरूले भने, ‘उड्न त जान्दैनौँ । यसले के फरक पर्छ र ? हामीलाई कसरी उडिन्छ भन्ने बारेमा ज्ञान छ । पन्छीले आफ्नो पखेटालाई हावामा तल–माथि गर्दा माथि कम प्रेसर अनि तल बढी प्रेसर भएपछि पन्छी उड्न थाल्छ । हामी कहिल्यै उडेका छैनौँ तर हामीलाई सबै कुराको ज्ञान छ ।’ बिस्तारै–बिस्तारै त्यो बिरालो अभैm नजिक आइरहेको देखेपछि जङ्गली सुगाले भन्यो, ‘तपाईँहरूसँग यी धेरै कुराको ज्ञान रहेछ, यो त राम्रो कुरा हो । तर, यदि उड्न सक्ने ज्ञान छैन भने तपाईँहरूलाई त आपतै पर्नेछ ।’
यति भनेर त्यो सुगा भुर्र उडेर गयो । ती सुगाहरू एक–आपसमा कुरा गर्न थाले । यत्तिकैमा उताबाट बिरालो आएर तीनैवटालाई मारेर खाइदियो । हामी मानिससँग पनि यस्तै हुन्छ । अन्य सबै कुराका बारेमा त हामीले ज्ञान प्राप्त ग¥यौँ तर आपूmले आपैmँलाई चिन्ने ज्ञानलाई हासिल गरेनौँ भने सबै कुरा अधुरै रहनेछन् । यदि हामीले हरेक चीजका बारेमा अनुभव गरेर अघि बढ्यौँ भने यस जीवनमा वास्तविक सुख र शान्ति प्राप्त हुनेछ । तर, आँखा बन्द गरेर हिँड्यौँ भने कतै न कतै गएर ठोकिनुपर्नेछ ।
आज हामी रहेको युगमा ज्ञानको अभाव छैन । तर, जीवनमा अत्यावश्यक चीजका लागि हामीले जान्नु जरुरी छ । अनि त्यो चीजलाई वास्तविक बनाउनका लागि अनुभव गर्नु आवश्यक छ, जसले गर्दा त्यसलाई हामीले आफ्नो जीवनमा व्यावहारिक रूपमा लागू गर्न सकौँ ।
यो संसारमा शान्तिका बारेमा चर्चा गर्ने मानिस धेरै छन् तर मानिसले त्यो शान्ति आपैmँले अनुभव नगरेसम्म केवल शब्द मात्रै हुनेछ । हामीले शान्तिको अनुभव गर्नु आवश्यक छ । चाहे हामीसँग जतिसुकै धन होओस् तर आन्तरिक शान्तिको अभावमा हामी गरिबको गरिब नै हुनेछौँ । जुन दिन हामीभित्र शान्तिको अनुभव हुनेछ, हामीले शान्ति–शान्ति भनिरहनु आवश्यक हुँदैन ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल )
प्रतिक्रिया