काठमाडौँ।
विश्व मिर्गौला दिवस प्रत्येक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन् उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन् भन्ने जनचेतना जगाउने उद्देश्यले यहि मिति २०८१ फागुन २८ गतेका दिन “मृर्गौला स्वास्थ्य वारे शुरुमै थाहा पाउँ” भन्ने मूल नाराको साथ विभिन्न कार्यक्रम गरी विश्व मृर्गौला दिवस मनाइँदै छ ।
प्रत्येक १० जना मध्ये १ जनलाई मिर्गौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मिर्गौला रोगको प्रकोप वढिरहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गरी मनाईदैछ ।
यस वर्षको विश्व मृर्गौला दिवस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, स्वास्थ्य अभियान नेपाल (सान), नेशनल किड्नी सेन्टर, काठमाण्डौं मेडिकल कलेज, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, नर्भिक अन्तराष्ट्रिय अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल र मध्यपुर अस्पतालको संयुक्त आयोजनामा हुने जानकारी गराईयो ।
कार्यक्रम बुधबार बिहान ७ : ३० वजे पाटन मंगलबजार बाट मृर्गौला पदयात्रा शुरुगरी नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा विरामी र चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, मन्त्री, राजनितिज्ञ तथा स्वास्थ्य व्यक्तीको टोली र प्रत्यारोपित तथा अङ्गदाताको टोली विच मैत्री पूर्ण फूटवल खेलको आयोजना हुने प्रत्यारोपण केन्द्रले जनाएकोछ ।
ततपश्चात विश्व मृर्गौला दिवसको सन्दर्भमा प्रख्यात गायक प्रकाश सपुतबाट विविध सांगितिक कार्यक्रमको आयोजना हुनेकुरा प्रमुख आयोजक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।
विभिन्न अस्पतालका प्रमुख सहितको टोली तथा प्रतिनिधि, मस्तिष्क मृत्यु पश्चात अङ्ग दान गराउने अस्पताका प्रतिनिधि, विशिष्ट अतिथिहरु, विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु, पत्रकार, कलाकार, समाजसेवी, अङ्ग फेल भएका विरामी तथा प्रत्यारोपित लगायत अन्य सर्वसाधारण सहित करिब एक हजार जनाको सहभागीता रहने कुरा कार्यक्रमका संयोजक डा कल्पना कुमारी श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया