काठमाडौँ ।
राजन चौधरीले दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाली खेलकुद क्षेत्रका उदयमान धावक राजनले दशौं एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका हुन् । आगामी २३ फेब्रुअरीमा आयोजना हुन लागेको उक्त प्रतिष्ठित म्याराथनमा उनले आफ्नो उपस्थिति जनाउने पक्का भएको हो ।
राजनले आफ्नो उत्कृष्ट दौड क्षमताबाट गत १६ औं काठमाडौँ म्याराथनमा समग्रमा दोस्रो स्थान हासिल गरेका थिए । नेपाली प्रतिनिधित्वको रुपमा उनले २ः३९ः०० समयमा दौड सम्पन्न गर्दै प्रथम स्थान हात पारेका थिए, जसले उनको खेलकुद यात्रालाई थप प्रेरणादायी बनाएको छ।
काठमाडौँ म्याराथनको आयोजक एन.आर.एस स्पोर्ट्स फाउन्डेशनले राजनलाई प्रोत्साहनार्थ दिल्ली म्याराथनमा सहभागी जनाउन दर्ता तथा सम्पुर्ण व्यवस्थापन मिलाएका छन् । यस अभियानको व्यवस्थापनका लागि दिल्लीमा बस्दै आएका मनिष श्रेष्ठको विशेष सहयोग रहेको छ, जसले राजनको म्याराथन यात्रालाई सहज र सशक्त बनाउनेछन्।
एन.आर.एस स्पोर्ट्स फाउन्डेशनका अध्यक्ष तथा काठमाडौँ म्याराथनका मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठले राजनलाई सफलताको शुभकामना दिँदै विशेष कार्यक्रम गर्दै विदाई गरेका छन्।











प्रतिक्रिया