लन्डन, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म पनि कायम राखेको छ ।
पीएसजीले शनिवार घरेलु टोली टुलुज एफसीविरुद्ध १–० गोलअन्तरको कठिन जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको हो ।
डे टुलुज रंगशालामा फाबियन रुइजले गरेको एकमात्रै गोल पीएसजीलाई जित दिलाउन पर्याप्त बन्यो । विलियन पाचोको प्रहार बारमा लागेर फर्किदा प्राप्त रिबाउन्डलाई पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका रुइजले सहजै पोस्टको दिशा दिए ।
जितसँगै पीएसजीले २२ खेलबाट १७ जित र पाँच बराबरीसहित ५६ अंक जोडेको छ । पराजित टुलुज समान खेलबाट २७ अंकका साथ १० औं स्थानमा छ ।











प्रतिक्रिया