काठमाडौँ।
गौचरस्थित रोयल नेपाल गल्फ क्लबमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । सेना दिवस-२०८१ को अवसरमा आयोजित अन्तर सदस्यीय गल्फ प्रतियोगिताको शुक्रवार प्रधान सेनापति अशोक राज सिग्देलले समापन गरेका हुन्।
कार्यक्रममा प्रधान सेनापति सिग्देलले प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्याउने चिफ मार्सल तथा मार्सलहरूलाई मायाको चिनो र विजेता खेलाडीहरूलाई ट्रफी प्रदान गरे ।
कार्यक्रममा पूर्व प्रधान सेनापतिहरू, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो ।
यी हुन् विभिन्न आठ विधाका गल्फ प्रतियोगिताका विजयी खेलाडीहरू
(क) क्लोजेस्ट टु दि पिन तर्फ: उपरथी सुदर्शन सिल्वाल
(ख) मोस्ट बडिज तर्फ: प्रमुख सेनानी दिनेश बानिया क्षेत्र
(ग) लङ्गेस्ट ड्राइभ तर्फ: सेनानी आदित्य प्रताप सिंह
(घ) सिनियर तर्फ: उपरथी नरेन्द्र रावल (अवकाश प्राप्त)
(ङ) सुपर सिनियर तर्फ: उपरथी राम बहादुर गुरुङ्ग (अवकाश प्राप्त)
(च) ग्रस विनरः प्राविधिक प्रमुख सेनानी निश्चय जंग रायमाझी
(छ) ओभरअल विनरः सेनानी पूर्ण बहादुर अधिकारी (अवकाश प्राप्त)
(ज) ओभरअल रनर अपः प्रमुख सेनानी निर्मल ध्वज खांड






प्रतिक्रिया