काठमाडौं ।
मुग्लिङ–नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।
घटनास्थलमा भेटिएका कागजपत्रबाट मोटर साइकल चालक लमजुङ चन्द्रेश्वर –३ का भारतीय सेनामा आवद्ध रहेका २७ वर्षीय रोहित राना रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी, सशस्त्र प्रहरी र गोदाखोरको टोलिले उद्दार कार्य जारी राखेका छन् ।











प्रतिक्रिया