समावेशी बनाएर १० जनाको नाम सार्वजनिक गरेको आरोप

केयुको उपकुलपति छनौट प्रक्रिया आजबाट शुरु

5.73k
Shares

-संयोजक माथि बदनाम गर्न थापागाउँ समुह भएको लाल्छना
-व्यक्तिगत लाल्छना लगाउनेमाथि कारबाही गर्न माग

केयुको साख बढाउन भन्दापनि गिराउने मुख्य भुमिका देखियाे


काठमाडौं ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टको सूची सार्वजनिक गरे लगत्तै विभिन्न टीका टिप्पणी शुरु भएको छ । छनौट समितिले दलीय र समावेशिताको आधारमा १० जनाको नाम सर्टलिष्टमा पारेको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा आएको टिप्पणीको आधारमा छनौट समितिले दलगत,जातियता, पुर्वउपकुलपति,वर्तमान रजिष्टार र पुर्व रजिस्टारको नाम सर्टलिष्टमा समावेश गरेको उल्लेख छ । वर्तमान उपकुलपतिको तर्फबाट प्राडा भोला थापा, वर्तमान रजिस्टारको तर्फबाट कार्यबाहक उपकुलपति प्राडा अच्युत वाग्ले, पुर्व रजिस्टारको तर्फबाट सुबोध शर्माको नाम जोडिएको छ । ।
सामाजिक सञ्जालमा आएको नामावली अनुसार पुर्व प्राध्यापक संघको तर्फबाट केयु प्राध्यापक संघका अध्यक्ष प्राडा विभुति रन्जन झा, नेपाली काग्रेँस निकट नेपाल प्रजातान्त्रिक प्राध्यापक संघको तर्फबाट प्राडा बेदमणी दाहाल,माओवादी केन्द्र निकट नेपाल क्रान्तिकारी प्राध्यापक संघको तर्फबाट जनार्दन लामिछाने, एमाले निकट प्रगतिशिल प्राध्यापक संघकोतर्फबाट प्राडा वालचन्द्र लुईँटेल, मधेशी कोटाको तर्फबाट प्राडा कन्हैया झा,नेवार समुदायबाट प्राडा राजेन्द्रप्रसाद कोजुको नाम सर्टलिष्टमा परेको छ ।

निवेदन १० मध्ये ९ जना प्रतिस्पर्धी काठमाडौं विश्वविद्यालयसंग आबद्ध हुनुहुन्छ । ती मध्ये केयु बाहिरबाट प्राडा श्यामनारायण यादवको नाम सर्ट लिस्टमा समावेश भएको छ । सर्टलिस्टमा समावेश भएका मध्ये प्राडा अच्युत वाग्ले, प्राडा कन्हैया झा, प्राडा जर्नादन लामिछाने, प्राडा बालचन्द्र लुइँटेल, प्राडा विभूति रञ्जन झाको आज १० बजे प्रस्तृतिकरण हुनेछ ।

भने दिउँसो २ बजे प्राडा वेदमणि दाहाल, प्राडा भोला थापा, प्राडा राजेन्द्रप्रसाद कोजु,प्राडा श्यामनारायण लाभ र प्राडा सुबोध शर्माको प्रस्तुतिकरण रहने तालिका सार्बजनिक भैसकेको छ । सबैको ३ गते अन्तवार्ताको समय तोकेको छ । लगत्तै समितिले ३ जनाको नाम सिफारिस गरी कुलपति एवं प्रधानमन्त्री समक्ष पेश गर्नेछ ।

उता छनौटमा परेका सबैउम्मेदवार शक्तिकेन्द्र धाउन थालिसकेका छन् ।उपकुलपतिका प्रत्यासी सबैजना आफुनिकट नेता,मन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत दवाव दिन थालेका छन् । उता केहीले छनौट समितिका संयोजक शर्माको समितिमाथि धावा बोेल्दै विभिन्न सन्देश प्रभव गर्न थालेका छन् । समाजिक सञ्जालमा उपकुपतिका प्रत्यासीमाथि तथानाम आरो लगाएका छन् ।

पुर्व उपकुलपति प्राडा भोला थापा र संयोजक शर्माको विरुद्धमा थापागाँउ समुह भन्दै अनर्गलप्रचार शुरु गरेका छन् ।
त्यसमा उपकुलपतिका प्रत्यासी थापा, सस्थापक रजिस्टार सिताराम अधिकारी,कार्यबाहक निर्देशक अनुपकुमार आचार्य,व्यवस्थापन सेवा विभागका प्रबन्धक नवेन्द्र पौडेल, वित्तविभाग प्रमुख कुमारप्रसाद बराल, केयुका कानुनी सल्लाहकार निरन्जन आचार्य, इन्जिनियरिङ स्कुलका डीन मनिष पोखरेल,अनुसन्धान विभागका कार्यबाहक निर्देशक ब्रिजेश अधिकारीलाई पारिवारिक र व्यक्तिगत आरोप र लाल्छना लगाएर नकरात्मक प्रचार शुरु गरेका छन् । यस्ले त्रिबिको साख बढाउन भन्दापनि गिराउन मुख्य भुमिका देखिएको छ ।


केही समुहले छनौट समितिका संयोजक एवं संस्थापक उपकुलपति डा. सुरेश राज शर्मा, संस्थापक रजिस्टार सिताराम अधिकारीलाई इंगित गर्दै थापागाउँ समुह को हवाला दिदै लाल्छना लगाएका छन् । समितिले गल्ती गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।