सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु


काठमाडौं ।

सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

भैसीलाई घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।