च्याम्पियन्स लिगमा आज महारथीको भिडन्त


यूईएफए च्याम्पियन्स लिग २०२४-२५ मा मंगलबार राति दुई महारथीको भिडन्त हुने भएको छ । नेपाली समयअनुसार राति १ बजेर ४५ मिनेटमा हुने खेलमा रियल मेड्रिड र म्यानचेस्टर सिटीबिच भिडन्त हुन लागेको हो । यो खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

पछिल्लो तीन वर्षमा यी दुई टोलीबीच सातौं पटक एकअर्कोसँग खेल्न लागेको हो । पछिल्ला ६ भेटमा तीन खेल बराबरीमा टुंगिएको थियो । त्यस्तै दुई खेल सिटीको पक्षमा जाँदा रियलले एक खेलमा विजयी हासिल गरेको छ ।

गत संस्करणको सेमिफाइनलमा यी दुई भेट हुँदा दुवै लेग बराबरीमा समाप्त भएको थियो । रियलले पेनाल्टी सुटआउटमा सिटीलाई हरायो । दुई वर्षअघि भने सिटीले अन्तिम चारमै रियललाई दुई लेग गरी ५–१ ले हराएको थियो ।