पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित

छात्र एकल र यु–११ छात्राको फाइनल शनिवार 


ललितपुर। 

पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको दोस्रो दिन छात्रा एकलतर्फ सेन्ट मेरिज स्कूलकी सुष्मा शाक्य विजयी भएकी छिन् । 

कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगितामा छात्रा एकलतर्फ प्रगति आदर्श इंगलिस स्कूलकी इशानवी महर्जन दोस्रो हुँदा पुष्पसदनकी मिचुली महर्जन र लिटिल एन्जल्सकी प्रमिला जोशी तेस्रो भए । यो इभेन्ट्सको राइजिङ प्लेयर ह्वाईट फिल्ड सेकेण्डरी स्कूलकी बिदिसा महर्जन भइन् । 

पुष्पसदनको आफ्नै टेबलटेनिस कोर्टमा सम्पन्न भएको यु–१३ छात्रतर्फको उपाधि डिलाईट स्कुलका आरंभराज शाक्यले जिते । उनले आफ्नै स्कुलका निर्भिक शाक्यलाई फाइनलमा पाखा लगाउँदै उपाधि जितेका हुन् । यो इभेन्ट्समा पुष्पसदनका सुसन प्रधान र डिलाईटकै आयनराज शाक्यले तेस्रो स्थान हात पारे । यो इभेन्ट्को राइजिङ प्लेयर पारागन पब्लिक स्कुलका सुचन बढा भए । 

यही यु–१३ उमेर समूहकै छात्रातर्फको उपाधि प्राइम ग्लोबल स्कुलका प्राज्ना मर्हजनले जितिन् । उपविजेता फ्युचर स्टार हाई स्कुलका इमरीन महर्जन भइन् । 

पुष्पसदनका रिसु ज्ञावली र दाईसी मर्हजनले तेस्रो स्थान हात पारे । यो इभेण्ट्सको राइजिङ प्लेयर क्रियटिभ एकेडेमीकी मेलिना महर्जन भइन् । 

छात्र एकलतर्फ फाइनलमा प्राइम ग्लोबलका संभवराज वन्त र मंगल सेकेण्डरी स्कुलका मनुषलाल श्रेष्ठ पुगेका छन् । यसको फाइनल खेल शनिवार हुने पुष्पसदनका इसिए संयोजक राजु लामाले जानकारी दिए ।  यो इभेन्ट्समा पुष्पसदनका सफल महर्जन र आइडियल मोडल स्कुलका सोयम महर्जन तेस्रो भएका छन् । एकल छात्रमा मागुस इंगलिस स्कुलका सक्रिन महर्जन राईजिङ प्लेयर बनेका छन् । 

शनिवार यु–११ को छात्रातर्फको फाइनल खेलमा पुष्पसदनकी क्रिष्टल भुसाल र प्राइम स्कूलकी यामिला श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । 

द एक्सेल सायरकी सुप्रिया रोका र युवक वुद्ध मण्डलकी मेरिसा श्रेष्ठ संयुक्त रुपमा तेस्रो हुँदा सम्बृद्धि स्कूलकी एन्ड्रि महर्जन राइजिङ प्लेयर भइन् । 

यसअघि पहिलो दिन प्राइम ग्लोबल स्कूलले वर्चस्व कायम गरेको थियो । छात्र र छात्रा दुबैतर्फको टिम इभेन्ट्समा प्राइम ग्लोबल विजेता भएको थियो । 

यु–११ छात्रतर्फको उपाधि बृहस्पती विद्यासदनका विनम्र घिमीरेले जितेका थिए । । 

आइडियल मोडल स्कुलका सत्भीक रत्न शाक्य दोस्रो हुँदा डिलाइट किण्डर गार्डेन स्कुलका रुसन शाक्य र केटिएम ग्लोबल स्कुलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन्। राइजिङ प्लेयर संस्कृति इन्टरनेसनल स्कुलका संस्कार रत्न बज्राचार्य भए । 

बिहीबारदेखि सुरु प्रतियोगितामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागीता जनाएका छन् । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।