काठमाडौं ।
ग्यालेक्सी, द चाँदबाग र स्वर्णिमले ११ औं एक्सेल्सियर कपअन्तर्गत गर्ल्स बास्केटबलमा बिहीबार जित हात पारेका छन्।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा ग्यालेक्सीले राई स्कुललाई १७–२, चाँदबागले निःसर्ग वाटिकालाई १४–११ र स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई २२–६ ले पराजित गरे। ग्यालेक्सीकी छिरिङ शेर्पाले १०, चाँदबागकी सम्भावी महतले ८ र स्वर्णिमकी नितिशा महर्जनले ९ स्कोर गरे।
प्रतियोगिताअन्तर्गत ब्वाइज फुटसलको यु–९ मा आयोजक एक्सेल्सियरले विद्यावाणीलाई ५–२ गोलले पराजित गर्यो। यु–१६ मा ग्यालेक्सीले एक्सेल्सियरलाई २–० तथा न्यु एराले रिब्सलाई ३–२ गोलले हराए। यु–१४ मा विद्यावाणीले राई स्कुलाई ७–१ र जोन डेवीलाई ३–१ तथा राई स्कुलले जोन डेबीलाई ३–२ गोलले पन्छाए।
प्रतिक्रिया