काठमाडौं ।
गुरुकुलम स्कुल सितापाइलाद्वारा पहिलो फुटसल प्रतियोगिता आयोजना गरेको छ। बिहबिारदेखि शुरू भएको प्रतियोगिताको क्वार्टरफाइनलमा मोडर्न इन्डियन स्कुल पुगेको छ।
चोभारको मोडर्न इन्डियनले आइडियल मोडल स्कुललाई ४–० र युनिक स्कुललाई २–१ ले हरायो । तर, लिटिल एन्जेल्स (एलए) स्कुलसँग भने २–२ गोलको बराबरी खेल्नुपरेको थियो।
त्यसै गरी क्याम्पियन स्कुल, एक्टिभ स्कुल, हार्टल्यान्ड स्कुल, कौशल स्कुल, नेबरहुड स्कुल, केएमसी स्कुल, युनिक स्कुल पनि अन्तिम आठमा पुगे। १६ विद्यालयका करिब २ सय जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा प्रत्येक ४ समूहमा ४ टोलीलाई राखिएको हो।
प्रतिक्रिया