रियल एक अर्ब कमाउने पहिलो क्लब


एजेन्सी ।

डेलोइटले हालै गरेको विश्लेषण अनुसार रियल मेड्रिड वार्षिक १ अर्ब युरो भन्दा बढी आम्दानी गर्ने पहिलो फुटबल क्लब बनेको छ।

स्पेनिस ला लिगा क्लबले २०२३–२४ सिजनमा १.०५ बिलियन यूरो कमाएको डेलोइटको मनी लिग अध्ययनबाट तथ्यांक सार्वजनिक गरेको हो। दोस्रो स्थानमा इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी रहेको छ । म्यानचेस्टर सिटीले ८३८ मिलियन युरो कमाएको छ।

रियल मेड्रिडको प्रतिद्वन्द्वी बार्सिलोना भने कमाइको मामिलामा पछि परेको छ। बार्सिलोना २०२२–२३ को सिजनमा भन्दा दुई स्थान तल झरेको छ । स्पेनी क्लब ७६० मिलियन युरो कमाउँदैं छैटो स्थानमा रहेको हो।
अन्यको कमाई
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ८०६ मिलियन युरोसँगैं तेस्रो स्थानमा रहेको छ। यस्तै, इंग्लिस क्लब म्यानचेस्टर यूनाइटेड ७७१ मिलियन युरो कमाउँदैं चौथो स्थानमा रहन सफल भयो।

यस सिजन अघिभन्दा एक स्थानको सुधार हो। सातौंदेखि दशौं स्थानमा सम्म इंग्लिस क्लबहरूले स्थान ओगटेका छन्। जसमा क्रमशः आर्सेनल, लिभरपुल, टोटनहाम र चेल्सी रहेका छन्।