भारत र पाकिस्तानबिच खेलको सबै टिकट बिक्री


एजेन्सी ।

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा भारत र पाकिस्तानबिचको खेलका सबै टिकट केही मिनेटमै बिक्री भएको छ।
भारत र पाकिस्तानबिचको खेल २३ फेब्रुवरीमा दुबईमा हुनेछ।

टिकटको कम मूल्य नै १२५ दिरहम रहेको छ । प्रिमियम लन्जको मूल्य ५ हजार दिरहम रहेको छ। यो नेपाली रकममा १ लाखभन्दा बढी हुन आउँछ । क्रिकेटमा यी दुई टोलीबिचको खेल जुनसुकै प्रतियोगितामा अधिक प्रतिक्षारतको हुन्छ।

यस्तै, भारतले बंगलादेशविरुद्ध खेल्ने खेलको टिकट पनि वेबसाइटमा बुक भइसकेको छ। भारत र न्युजिल्यान्डबिचको खेलको टिकट पनि सबै बिक्री भइसकेको जनाएको छ। यी टोलीहरू समूह ए मा रहेका छन् भने समूह बी मा अस्टे«लिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान छन् ।

च्याम्पियनसिपमा पाकिस्तान गत संस्करणको विजेता टोली हो। सन् २०१७ को च्याम्पियन्स ट्रफीमा भारतलाई हराएर पाकिस्तानले उपाधि जितेको थियो। पाकिस्तानले अहिलेको संस्करणको आयोजक भए पनि भारतले त्यस राष्ट्रमा गएर नखेल्ने अडान लिएपछि भारतको सबै खेल दुबईमा हुने तय गरिएको हो।