न्युटन र ग्रिनल्यान्ड सफल


काठमाडौं ।

न्युटन र ग्रिनल्यान्डले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित प्राप्त गरेका छन्। फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा न्युटनले हिमालयलाई २८–१६ ले पराजित गर्‍यो।

न्युटनका आशिष राईले ११ अंक जोडे । ग्रिनल्यान्डले सेन्ट जोसेफलाई १५–१२ ले हरायो। ग्रिनल्यान्डका विश्वास केसीले ८ अंक जोडे।

जुनियर ब्वाइजमै बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले पिक प्वाइन्टलाई ३५–२५ तथा किङडम हिमालयनले गुरुकुललाई ५१–२८ ले पाखा लगाए । बीएनएका सुप्रिन बस्नेतले १० तथा किङडमका साजन लामाले १२ स्कोर गरे।

जुनियर गर्ल्समा न्युटनले सेन्ट जोसेफलाई २६–१४, बौद्ध चिल्ड्रेन हेभेनले मन्जरीलाई ३७–२२, ग्रिनल्यान्डले लोयल्टी एकेडेमीलाई १७–१२ र एनसीसीएसले एपेक्स लाइफलाई २४–१७ ले पन्छाए । न्युटनकी एरिना राणाले १८, बौद्धकी जस्मिन गुरुङले १२ अंक बटुले।