काठमाडौं ।
आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले ह्वाइटफिल्डलाई २७–११ ले पराजित गर्यो।
एक्सेल्सियरका छिरिङ गुरुङले १२ अंक जोडे । सिनियर ब्वाइजमै संस्कृतिले पुष्पसदनलाई २२–२०, भ्याली भ्युले होली भिजनलाई ३४–२६ र रेडियन्ट पब्लिकले न्यु जेनिथलाई ४३–१९ ले हराए। संस्कृतिका प्रान्जन शर्माले ९, भ्याली भ्युका गणेशबहादुर विष्टले १५ र रेडियन्टका सुप्रित लामिछानेले ११ स्कोर गरे।
यस्तै, ब्वाइज फुटसलको यु–१४ मा एक्सेल्सियरले शानदार जित हासिल गर्यो। एक्सेल्सियरले काभ्यामाथि ७–१ को सहज जित दर्ता गरेको थियो। विजेताका लागि कृष एक्लैले ४ गोल गर्दा साहिल, निक्सन र आयानले समान १–१ गोल थपे। काभ्याका प्रयुश दाहालले सान्त्वना गोल गरे।











प्रतिक्रिया