काठमाडौं ।
सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (त्रिवि) की विना थारूले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्समा स्वर्ण जितेका छन्। मुकेश र विनाले १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका हुन्।
पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे। ११.६५ सेकेन्ड समयमा काठमाडौं विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समयमा त्रिविका प्रकाश जोशी तेश्रो भए। विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन्। त्रिविकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो बने।
एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र त्रिविले समान २–२ स्वर्ण जितेका छन्। मधेस प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ।











प्रतिक्रिया