काठमाडौं ।
हिमालयन क्रिकेट एकेडेमीले केसीए यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार भएको फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै उपाधि जितेको हो।
हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७.५ ओभरमा सबै विकेट गुमाएर ३६ रनमात्रै बनाउन सक्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका लागि तपेन्द्र विष्टले २६ रन बनाए।
उपाधिसँगै हिमालयनले ५० हजार र ओएसिसले ३० हजार प्राप्त गरेका थिए । प्रतियोगितामा सर्वाधिक १० विकेट लिएका हिमालयन ए का सौगात धामी बेस्ट बलर घोषित भए। बेस्ट ब्याटर केबीन दैलिएल र प्लेयर अफ द सिरिज हिमालयन ए का जयन्द्र विष्ट घोषित भए। यी तीनै जनाले समान ५ हजार पाए।











प्रतिक्रिया