रन्जित सम्मानित



काठमाडौं ।

टुक्या तेक्वान्डो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जितबहादुर डंगौरालाई सम्मान गरेको छ।

रन्जितलाई भारतमा भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेकोमा सम्मान गरिएको हो।

टोखा नगरस्तरीय प्रतियोगिताको समापन कार्यक्रममा रन्जितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रशंसा पत्रसहित सम्मान गरे ।