काठमाडौं ।
भ्याली पब्लिकको ब्वाइज/गर्ल्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ। जुनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई २४–२० ले पराजित गर्यो।
भ्याली पब्लिकका निम्साङ तामाङले ६ अंक जोडे। फाइनलमा भ्याली पब्लिकको भेट पारामाउन्ट एकेडेमीसँग हुनेछ। पारामाउन्टले किङडम हिमालयनलाई ३८–२७ ले हराएको थियो। पारामाउन्टका सुशान्त थापाले १२ स्कोर गरे।
जुनियर गर्ल्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २७–१५ ले पाखा लगायो। भ्याली पब्लिककी सपना गिरीले १० अंक जोडिन्। उपाधिका लागि टोलीले फेरिल्यान्डको सामना गर्ने छ।
प्रतिक्रिया