इनोभेटिभ र एआईए क्वार्टरफाइनलमा


काठमाडौं ।

आयोजक इनोभेटिभ ‘ए’ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बुद्धनगरस्थित घरेलु कोर्टमा इनोभेटिभ ‘ए’ ले एस्फोडेललाई ३४–२० ले पराजित गर्‍यो। इनोभेटिभ ‘ए’ का पुजन श्रेष्ठले १४ अंक योगदान गरे । वितेन ज्ञवालीको १४ अंक सहयोगमा एआईएले इनोभेटिभ ‘बी’ लाई २९–१६ ले हरायो।