मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाडौं

अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका-१ की ७२ वर्षीया मैसरा ढकाल रहेकी छिन्।

कमलबजार नगरपालिका-१ मोटरकाट्यास्थित कमलबजार-तुर्माखाँद सडकखण्डमा सु.प.प्र.०१००८प ४०३ नम्बरको मोटरसाइकलले ठकललाई बिहीबार बिहान ११:५० बजे ठक्कर दिएको थियो।

बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा ढकालको मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।