काठमाडौं ।
ओखलढुङ्गामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सिद्धिचरण लोक मार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा बिहीबार बिहान सुमो दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्।
खोटाङबाट बिरामी बोकर काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन्। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँड्दा सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो।
सुमो चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन्। सुमोमा चालकसहित चार जना सवार थिए।
प्रतिक्रिया