शहीद दिवसको अवसरमा दौड


ललितपुर ।

शहीद दिवसको अवसरमा ललितपुरको युनाइटेड युथ क्लबले बुधबार खुला दौड प्रतियोगिताको आयोजना गरेको छ।
करिब ५ किमीको दौडमा मिणमर सिन्जी तामाङ पहिलो भए भने अजित कुमार यादव दोस्रो भएका हुन्।

यस्तै, नरेन्द्रसिंह रावत तेस्रो स्थानमा रहे। शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा ३ सय जना भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागिता थियो ।

देश र जनताको लागि ज्यान आहुती दिने वीर शहीदहरूले गरेको त्याग र बलिदानलाई सम्मान एवं स्मरण गर्दै सो दौड आयोजना गरिएको हो। ललितपुरको ग्वार्को चोकदेखि महालक्ष्मी नगरपालिकाको लुभु चोकसम्म दौड भएको थियो।

सो अवसरमा क्लबका अध्यक्ष पवन शाहीले आगामी दिनमा सामाजिक, सांस्कृतिकसँगैं खेलकुद गतिविधिहरूलाई प्राथमिकता राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।