पारामाउन्ट र किङडम सेमिफाइनलमा


काठमाडौं ।

पारामाउन्ट एकेडेमी र किङडम हिमालय प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा पारामाउन्टले एन्जल्स हार्टलाई ३२–२८ ले पराजित गरेको थियो।

पारामाउन्टको जितमा सविन तामाङले १४ अंक योगदान गरे । यस्तै, छिमी रेन्जेनको ११ अंक सहयोगमा किङडमले संस्कृतिलाई १७–१० ले हरायो । गोल्डेनपिक र भ्याली पब्लिक पनि अन्तिम चारमा पुगे। गोल्डेनपिकले ग्रीनलन्सलाई १७–१० तथा भ्याली पब्लिकले न्युटनलाई ३८–३० ले हराएका थिए ।

जुनियर गर्ल्समा फेरिल्यान्डले निस्टलाई २१–१६, भ्याली पब्लिकले केभीकेएसएसलाई १८–१३, काष्ठमण्डपले बौद्ध चिल्ड्रेन हेभेनलाई १६–१३ र इडेन ब्रिज एकेडेमी (इबीए) ले सत्यसाईलाई १६–१४ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाए ।