कोशेढुंगामा कलाकारको लाइनअप पूरा


काठमाडौं ।

हालसम्मकै सर्वाधिक कमाई गर्ने फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माणाधीन फिल्म कोशेढुंगाका मुख्य कलाकारको लाइनअप पूरा भएको छ।

फिल्मका लागि आर्यन सिक्देल, सुरक्षा पन्त, नीति शाह र प्रवीण खतिवडा अनुबन्धित भएका छन्। सोसल ड्रामाको फिल्मले अभाव, अग्लो सपना र संघर्षको कथा भन्ने संकेत थिम पोस्टरले गरेको छ। आगामी फागुन २ गतेदेखि छायांकन हुने फिल्म २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ।

नरदेवी फिल्म्स्को ब्यानरमा प्रेविल कँडेल र हरि महतले निर्माण गर्ने फिल्ममा रिदम कँडेल र आशिष अविरलको संगीत, बाबु श्रेष्ठको डीओपी र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्मको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ। अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरनेसनल कम्पनीले खरिद गरेको छ।