पार्टीलाई अब पुन समिक्षा गर्ने बेला भयो : कांग्रेसका नेता डा. महत


बुटवल ।


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सामाजिक सञ्चालमा आएको मिथ्या कुराहरुले स्थापित दलहरुप्रति विकर्षण आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस रुपन्देही २ क्षेत्रिय समितिले बुधवार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा मिथ्या कुराहरु आउने क्रम बढेको उल्लेख गर्नुभयो । महतले समाजमा नकारात्मक सोँच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोंचको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

महतले पार्टीलाई अब पुन समिक्षा गर्ने बेला आएको भन्दै अहिले मुलुकको लागि कांग्रेस बाहेक अरुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस छोडेर जानुपर्ने कुनै कारण नभएको भन्दै संगठनमा जहाँ समस्यामा छ त्यहाँ केन्द्रीत भएर समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस रुपन्देही २ का क्षेत्रिय सभापति प्रजापाल गिरिको सभापतित्वमा भएको कार्यक्रममा कार्यकर्ताहरुले पार्टीका गतिविधि पछिल्लो समय कमजोर हुँदै गएको, राजनीति प्रति वितृष्णता पैदा भएको, भातृ संगठन लथालिंग भएको लगायतका गुनासो गरेका थिए ।