पूर्व राष्ट्रपति भण्डारी पुनः पार्टीको कार्यकारी भूमिकामा आउन हुँदैन : उपमहासचिव ज्ञवाली

6.96k
Shares

बुटवल ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्यको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः कार्यकारी भूमिकामा आउनु उपयुक्त नहुने बताउनु भएको छ ।

प्रेस चौतारी रुपन्देहीद्वारा बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा आउने चर्चाबारे पत्रकारको जिज्ञासामा राज्यको सम्मानित संवैधानिक निकायमा बसेर मुलुकको अभिभावकीय भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः कार्यकारी भूमिकामा आउनु उपयुक्त नहुने जिकिर गर्नु भयो ।

सामाजिक सञ्जाल नियमन गर्नेसम्बन्धी विधेयकको बचाउ गर्दै उपमहासचिव ज्ञवालीले मिथ्या सूचनाको बाढीले सत्य सूचनालाई बगाउने र मुलुकमा अराजकता बढ्नसक्ने अवस्थालाई मध्यनजर गरी सरकारले त्यससम्बन्धी ऐन ल्याएको बताउनु भयो ।


लोकतन्त्र अराजक तन्त्र नभएको भन्दै उहाँले अराजकतालाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर हेर्न नहुने बताउनु भयो । जनताको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने नभई मर्यादित र व्यवस्थित बनाउन सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन आएको उहांको दाबी छ ।