बुढानीलकण्ठमा एक जना मृत फेला


काठमाडौं ।

बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।