समाजवादी मोर्चाले काठमाडौंमा बृहत् आमसभा गर्ने


काठमाडौं ।


समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।

नेकपाका प्रवक्ता विश्वकर्माका अनुसार- बैठकले सात वटै प्रदेशमा विचार सभा गर्ने, बाँकी रहेका जिल्लाहरुमा पनि मोर्चा गठन गर्ने निर्णय गरेकाे छ । चैत पहिलो साता मधेश प्रदेशमा हुने सभाको तयारी नेसपालाई गर्न दिने निर्णय भएको छ ।