ललितपुर ।
ललितपुर महानगरपालिका वडा नं १८ ले ५ जना महिला स्वयंसेवीकाहरुलाई सम्मान गरेको छ ।
वडा कार्यालयले आज एक कार्यक्रम आयोजना गरी पाँचवर्ष बढी सेवा गरेका ५ र नौ जना नवनियुक्त टोल स्वास्थ्य उत्प्रेरकहरुलाई सम्मान गरेको छ । सोही कार्यक्रममा महिला स्वास्थ्यसेवी दालचिनी थापालाई बिदाई गरेको छ ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/swamsebak-4-768x576.jpeg)
सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेवीहरुमा मिना थापामगर, रेणु कुँबर, मिरा विष्ट, विन्दु रोक्का र अञ्जु थापा रहेका छन् । त्यसैगरी सम्मानित हुनेमा नवनियुक्त ९ जना टोल स्वाथ्य उत्प्रेरकहरुमा लिला गौतम , अस्मिता बोगटी, सचिन महर्जन, सञ्जु कुँबर, रमिता थापा, वर्षा कुँबर, प्रमिला खड्का, सविना थापा र शान्ता अधिकारी रहेका छन् ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/swamsebak-1-768x576.jpeg)
वडा अध्यक्ष दामोदर खड्काले सबै सम्मानित हुने स्वयंसेवीहरुलाई दोसल्ला , छाता, तुमलेट उपहार दिएका थिए । कार्यक्रममा बिदाई भएका दालचिनी थापालाई दोसल्ला, पानीखाने तुमलेट र छाता प्रदान गरेका थिए ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/swamsebak-2-768x576.jpeg)
कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले वडाका स्वयंसेविकाले गरेको योगदानको चर्चा गरेका थिए । उनले दुई दशक सेवा गरेर बिदाई भएका थापाले गरेकाे कामको प्रशंसा गर्दै आगामी दिनमा सफलताको शुभकामाना दिएका थिए ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/05f0d90b-d8dd-4550-bc79-c55625f9b1b1-768x576.jpeg)
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/0b9b2615-57fb-4c96-a66c-d2376d9148a0-768x576.jpeg)
प्रतिक्रिया