ललितपुर ।
ललितपुर महानरपालिका–१८ ले १३ वर्षदेखि ४५ वर्षसम्मका महिलादेखि ७५ वर्ष भन्दामाथिका वर्षजेष्ठ नागरिक सम्मान गरेको छ ।
वडा कार्यालयले यतिधेरै नागरिकलाई सम्मान गरेको पहिलो पटक हो । वडाले ६८ देखि ७४ वर्षसम्मका २ सय २५, ७५ वर्षभन्दा माथिका १ सय ५०, ७० वालवालिका सातु र १३ देखि ४५ वर्षसम्मका ८ सय गरी १ हजार ३ सय ९५ जनालाई विभिन्न सामाग्री हस्तान्तरण गरेको थियो ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/bitaran-1-1-768x432.jpeg)
जेष्ठ नागरिकलाई ब्याङकेट, ६८ वर्षभन्दा माथिकालाई सातु र १३ देखि ४५ वर्षउमेर समुहका किशोरी र महिलालाई स्यानेटरी प्याड र वालवालिकालाई सातु विवरण गरेको छ । कार्यक्रममा वडा अध्यक्ष दामोदर खड्काले जेष्ठ नागरिकलाई ब्ल्याङकेट प्रदान गरेमा थिए । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले वडामा रहेका वालवालिका, जेष्ठ नागरिकदेखि किशोरी र महिलालाई आवश्यक पर्ने सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/bitaran-2-768x576.jpeg)
उनले भने –वडाको सम्पती भनेको तपाईहरु नै हो । हामीलाई भोट दिएर जिताएको अनि वडाको विकासमा निरन्तर सहयोग गरिरहनुभएका तपाईसबैलाई सम्मान स्वरुव आवश्यकपर्ने सामाग्री वितरणगर्न पाएकोमा वडापरिवार आभारी भएको छ ।
उनले जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यान दिई सातु, वडाले ७५ वर्षमाथिकलाई जाडोमा न्यानो हुन ब्ल्याङकेट,वालवालिका स्वस्थ्य अभियान अन्तर्गत सातु र किशोरी र महिला महिनाबारी हुदा प्रयोग गर्ने स्वस्थ्य स्यानेटरी प्याड वितरण गरेको हो ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/bitaran-6-768x576.jpeg)
अध्यक्ष खड्काले निर्वाचनताका वाचा गरेका प्रतिबद्धता पुरा गर्न विभिन्न कार्यक्रम आयोजना गरेको स्मरण गराउदै उहाले अघिल्लो वर्ष बुहारी पढाउ कार्यक्रम, उज्याले वडा, जेष्ठ नागरिकलाई धार्मिक भ्रमण, बाढी पहिरो सहयोग, गोठसुधार, व्यक्तित्व विकास, योगा र ध्यान शिविर, जुम्बा कक्षा सञ्चालन गरिहेको जानकारी दिए ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/bitaran-3-1-768x576.jpeg)
यो कार्यक्रमपनि वडाको वार्षिक कार्यक्रम हो, तर यतिधेरै संख्यामा विभिन्न समाग्री वितरण गरेको पहिलो पटक हो । उनले आउँदो वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रममा वडासचिव विरेन्द्र महर्जनले वडाको वार्षिक कार्यक्रम अन्तर्गत आवश्यक समाग्री वितरण गरेको जानकारी दिएका छन् ।
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/bitaran-5-768x432.jpeg)
उनले यस्ता कार्यक्रमले वडाको काममा महत्वपुर्ण भुमिका खेल्ने बताए । वडाकार्यालयका कर्मचारी रमा थापाद्धारा सञ्चालित कार्यक्रममा वडा सदस्य रुकमणी महर्जन, गोपाल डंगोल र राधिका रोक्काले सामाग्री वितरण गरेका थिए ।
प्रतिक्रिया