हेटौडा ।
हेटौडामा जारी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत तेस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। जसमा ४.५ अंक जोड्दै फिडेमास्टर रुपेश जैसवालले अंकको अग्रता लिएका छन्। मंगलबार रौतहटका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका हुन्।
राष्ट्रिय चेस प्रतिस्पर्धामा मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् । तेस्रो स्थानमा दोलखाका आशिष फूँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डार रहे।
यसैगरी १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ खेल सम्पन्न हुदा वर्तमान राष्ट्रिय महिला च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर स्पष्ट अग्रता बनाएकी छन्। सिन्दिराले चार जीत र एक खेल बराबर खेल्दै अपराजित रहेकी छन्। प्रतियोगितामा पहिलो हार व्यहोरेकी एञ्जल महर्जन ४ अंक मै सिमित बन्दै दोश्रो स्थानमा छिन्।











प्रतिक्रिया