काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर अनिल कुमार साहलाई शैक्षिक परामर्शदाता अप्टिमस ग्लोबलले ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ। अप्टिमस ग्लोबलले मंगलवार अनिललाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो।
अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असीम शर्मा मैनाली र अनिलले नियुक्ति पत्रमा हस्ताक्षर गरे थिए। २०७५ सालदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका अनिलले हालै सम्पन्न नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए। उनी जनकपुरका कप्तानमा रहेका थिए।
अनिलले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने अपेक्षा गरे। अप्टिमस ग्लोबलले अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीलाई माध्यमको रुपमा सहयोग पुर्याउँदै आइरहेको छ।











प्रतिक्रिया