काठमाडौं ।
आयोजक टोली बागमती सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको खेलमा ए डिभिजन टोली एनआरटीेलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै बागमती उपाधि नजिक पुगेको हो।
निर्धारित समय २–२ को बराबरीपछिको टाइब्रेकरमा बागमतीले बाजी मारेको हो। बागमतीले बिहीवार संकटा क्लबसँग फाइनल खेल्नेछ । संकटाले टाइब्रेकरमै जितेर फाइनलको यात्रा तय गरेको हो। संकटाले मछिन्द्रलाई हराएको थियो । प्रतियोगिताको विजेताले २६ लाख र दोस्रो हुने टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।











प्रतिक्रिया