भक्तपुर ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको संविधान अनुसार शिक्षा नीतिमा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलले आयोजना गरेको ‘स्पोर्टस् मिट–२०८१’ को उद्घाटन गर्दै संचारमन्त्री गुरुङले आत्मनिर्भर हुनसक्ने रोजगारमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताए ।
२०२८ सालकै शिक्षा नीतिले अहिलेसम्म चलिरहेको भन्दै उनले व्यवस्था , राजनीति र नेता बदलिए जस्तै शिक्षा नीति पनि बदल्नु पर्ने बताए ।
देशको शिक्षा नीति बदल्न ढिलाइ भएको बताउँदै मन्त्री गुरुङले अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधिसभामा पठाएको उनले बताए ।उनले अहिले हातमा सीप भएको प्राविधिक, सीपमूलक र जीवनोपयोगी शिक्षाको आवश्यकता छ भने ।
समावेशी र गुणस्तरीय शिक्षामा जोड दिँदै उनले विश्वका देशहरूको शिक्षा र सीपसँग नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको औँल्याए ।
सरकारले सबै कार्यालयमा विद्युतीय सुशासन कायम गर्ने गरी फाइबर लाइन बिस्तार गरिरहेको बताए ।उनले सबै सरकारी कार्यालय एवं वडा तहसम्म इगभर्नेन्स लागु गर्ने बताए ।
उनले देशभरका घरघरमा फोरजीको इन्टरनेटसहितको टेलिफोन पुराउने गरी काम गरिररहेको बताए । उनले एआईको कृतिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादन वृद्धि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । सूचना प्रविधिको भविष्य उज्ज्वल रहेकाले यसतर्फ विद्यार्थीको चासो अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विद्यालयकी प्रिन्सिपल रञ्जना बजगार्इं लगायतले विद्यालयका विविध पक्षबारे चर्चा गरे ।











प्रतिक्रिया