राप्रपा केन्द्रीय समिति बैठक आजदेखि


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आज देखी सुरु हुने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरिएको छ।

सो बैठक भोलीसम्म जारी रहने जनाइएको छ। बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।