सप्तरी।
कलेज जाँदै गरेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
बुधबार बिहान करिब ५ः४५ बजेको समयमा विद्यालय गइरहेकी १७ वर्षीया किशोरीलाई ती किशोरले सप्तरीको विष्णुपुर गाउँपालिका– ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी क्षेत्रमा बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कार आरोपमा विष्णुपुर– १ का १९ वर्षीय अकलेशकुमार मण्डललाई पक्राउ गरी कारबाही अगाडि बढाइएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए।
कक्षा ११ मा पढ्ने किशोरीकै जाहेरीका आधारमा आरोपी अकलेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो।
आरोपित अकलेशलाइ बिहीबार सप्तरी जिल्ला अदालतबाट १० दिनको अनुमति लिएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।











प्रतिक्रिया