काठमाडौँ।
काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सवारीसाधनहरुको प्रदूषण परीक्षण गर्न निर्देशन दिएको छ।
कामपाले शुक्रबार आफ्नो मातहतमा रहेका विभाग/ सचिवालय/आयोजना/ एकाई/वडा कार्यालय अन्तर्गत प्रयोग तथा संचालनमा रहेका सवारी साधनहरुमा प्रदुषण जाँचपास गरी सात दिन भित्र हरियो स्टिकर र सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लुबुक) अनिवार्य रुपमा राख्न निर्देशन दिएको हो।
सवारीसाधको प्रदुषण जाँचपास र हरियो स्टिकर राखे वापत लाग्ने रकम कामपाले नै उपलब्ध गराउने पनि निर्देशन पत्रमा उल्लेख छ।
शुक्रबार नेपाल समाचार पत्रमा कामपा सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षण: आफ्नो मलतब छैन, सार्वजनिकको मात्रै परीक्षण भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि यस विषयमा कामपाको ध्यानाकर्षण भएको हो।

कामपा सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षण: आफ्नो मलतब छैन, सार्वजनिकको मात्रै परीक्षण











प्रतिक्रिया